जनता एमालेको साथमा छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा जनता एमालेकाे साथमा भएकाे बताएका छन् । उनले जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन भने गाह्रो परेको टिप्पणी टिप्पणी समेत गरे ।

जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताए ।पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताए ।

ओलीले भने ‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार