पल शाहको मुद्दामा बहस सकियो, अदालतले आजै निर्णय लिने

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बहस सकिएको छ । उच्च अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ ।

जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

यसअघि जिल्ला अदालतमा पीडित नाबालिगको तर्फबाट दर्जनौं कानून व्यवसायीहरूले बहस गरेका थिए । तर, पीडितले बयान फेरेसँगै उनीहरू सबैले मुद्दाबाट हात झिकेका छन् । आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरे । जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरे ।बहस सकिएकाले आजै न्यायधीशले आदेश सुनाउने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार