अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली

आइसिसी पुरूष क्रिकेट विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज (बिहीबार) पहिलो अभ्यास खेल खेल्दै छ। नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग राति ९ः१५ मा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ। १० दिनअघि अमेरिका पुगेको नेपालले सिरिजको तयारीका क्रममा २ अभ्यास खेल खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध ९ जुनमा पहिलो खेल खेल्नेछ। नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्दा, नेपालले तेस्रो खेलमा ओमानसँग १४ जुनमा प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपाल अमेरिकाविरुद्ध १५ जुनमा प्रतिस्पर्धा गर्नेछ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म १२ खेल खेलेको छ। जसमा नेपालले ६ जित र ६ खेलमा हार बेहोरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार