प्रधानमन्त्री बन्न प्रस्ताव आयो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताएका छन् ।

तर त्यसको प्रलोभनमा आफू नपर्ने उजको भनाई छ । बिहिबार सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताए। नेकपा मा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उनले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको बताए ।

अहंकारी र षड्यन्त्रकारीले विभिन्न भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको स्पष्ट पारे । नेकपा एमालेसँग एकिकरण वा गठबन्धनको सम्भावना समेत नरहेको उनले बताए ।

आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने चेतावनी पनि दिए ।सरकारले ल्याएको बजेट चुनावमुखी नभएको बताउदै उनले बचाउ गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार