तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आफन्तलाई हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आफन्तहरुलाई बुझाइएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको हो ।

शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार