बजेट ठूला नेताका निर्वाचन क्षेत्रमा केन्द्रित : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेटको प्राथमिकता र गति सही भएपनि कार्यान्वयन हुनेमा सरकारले आश्वस्त पार्न सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले बजेटका उद्देश्य र कार्यक्रम सकरात्मक भएको बताएका हुन । उनले स्रोतको सुनिश्चितता कसरी हुन्छ भन्नेमा अर्थमन्त्रीले विश्वस्त बनाउनुपर्ने बताए।

‘स्रोत व्यवस्थान र क्षमता अभिवृद्धिको क्षेत्रमा हामीले के त्यस्तो नयाँ काम गर्दैछौं ? बजेटको आकारबारे हामीलाई कसरी आश्वस्त पार्नुहुन्छ ? अर्थतन्त्र ७ प्रतिशत बढ्दै गर्दा राजस्व संकलन २० प्रतिशतले कसरी बढ्छ ? स्रोत व्यवस्थापन बजेटको मुख्य चुनौती हो’, उनले भने ।

थापाले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनु बजेटको सकरात्मक पक्ष भएको बताए ।

थापाले भने, ‘पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्‍यौं – यो बजेटको नारा समृद्ध झापा, सुखी झापाली हो । यसपटक मानिसहरूको भनाइ के छ भने– पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन ।’ बजेटले योजनाहरु ठूला नेताका निर्वाचन क्षेत्रमा खन्याएको र अरु क्षेत्रमा बजेट जानु भनेको भाग्यचिठ्ठा परेजस्तो हुने गरेको उनको टिप्पणी थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार