एक्लै चुनाव लडेको भए धेरै सिट जित्थ्यौं, गठबन्धनको भर पर्दा गुमाउनुपर्‍यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।

साथै उनले गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।

‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए । यसको सुधार हुनुपर्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन् । पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार