एमसीसी पास गरेकाेमा सरकारलाई धन्यवाद : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले सरकारलाई धन्यावाद दिएका हुन् ।

‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ । हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले,’ उनले भने ।

एमसीसी फागुन १५ गते प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको थियो । त्यतिबेला एमालेले प्रतिनिधिसभा अवरोध गरिरहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार