कैलालीमा एक थुनुवा हत्कडीसहित फरार

इलाका प्रहरी कार्यालय सुखड कैलालीका एक थुनुवा हत्कडीसहित फरार भएका छन् ।घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय जेठ १८ गते अस्पतालबाट फर्कने क्रममा हतकडी सहित फरार भएका हुन् । उनलाई सुखडको घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

जेठ १४ गते लागुऔषध कारोबारको मुद्दामा साडेपानीका पाण्डेय र प्रकाश शाहलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका लागि स्थानीय घोडाघोडी अस्पताल लगिएको थियो । अस्पतालबाट फर्कने क्रममा पाण्डेय फरार भएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भैरहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार