पूर्व राजा विरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज तनावग्रस्त

प्रहरीले गर्यो हवाईफायर

नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा त्यहाँ तनाव उत्पन्न भएको हो ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो ।

झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । अहिले त्यो स्थानमा उच्च संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार