बेपत्ता भएको दुई महिना पछि मृत अवस्थामा भेटिए रोल्पा एक युवक

घर बाटा बेपत्ता भएको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।

उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए । धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।

सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार