चितवनमा कारको ठक्करबाट युवकको मृत्यु

पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् ।

बुधबार राति खैरहनी नगरपालिका वडा नं. ९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ गम्भिर घाइते भएका थिए ।

गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने कार र चालक विहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार