एन्फा निर्वाचनः उजुरी परेका दशमध्ये चार बदर

 अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्ये चार उजुरी बदर भएका छन् ।

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समिति स्रोतले जानकारी दिएकाे हाे ।

जसमा महिला समिति, सिराहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।  यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको छ ।

योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ ।

यस्तो छ दाबी विरोधबाट हटाइएको चार निर्णय:

१. महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएकोमा किर्ते गरी विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रूपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२. सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी स्वतः खारेज हुने हुनुपर्ने ।

३. सिराहा जिल्ला फुटबल संघका महासचिव प्रवीणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४. सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल चार वर्ष हुन र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज हुनुपर्ने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार