बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले यस्तो बचत खाता सार्वजनिक गरेको हो ।
यसमा हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदर तोकिएको छ । यस्तो ब्यवस्थासहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।
“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् । साथै १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
बीओके प्रिमियम प्लस बचत खाताका विशेषताहरु
- वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
- न्यूनतम् मौज्दात रु १०,०००।
- त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
- निशुल्क चेक बुकको ब्यवस्था ।
- ब्यालेन्स सर्टिफिकेटका लागि कुनै शुल्क नलाग्ने ।
- सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
- विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक इ कर्मस एक्टिभेसन सेवा निशुल्क प्रदान गरिने ।
- ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
- पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
- निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
- पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
- पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
- पहिलो वर्ष निःशुल्क कनेक्ट आइपिएस सुबिधा ।