१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । बर्दियाको जिल्लाको मधुवन नगरपालिका–३ , बिपतापुरका ६१ वर्षीय दुखवा थारु पक्राउ परेको प्रहरीले जनाएको हो ।

थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर पाउन साथ धनौरा प्रहरी चौकीबाट मंगलबार खटिएको प्रहरीले टोलीले पक्राउ गरेको थियो । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार