पशुपति धर्मशालामा बतास समूहले होटल चलाउन नपाउने

बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द भएको छ । उक्त समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको हो ।

बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार