आइएमई पेले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीहरु माझ सेयर गरेर उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ। प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पछि दुवैजनाले २५ रुपैयाँ आइएमई पे वालेटमा पाउने बताइएको छ। प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने छन्।
प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा वेबसाइटबाट रिफर कोड पाउन सक्ने कम्पनीले जनाएको छ। सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने उद्देश्यका साथ अफर ल्याएको आइएमई पेले जनाएको छ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।