सत्तागठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल सुरु भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलमा गठबन्धनका केहि नेताले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए । भने केहिले मंसिरको अन्तिम साता गर्दा उपयुक्त हुने बताएका थिए ।

सोतका अनुसार दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार