काठमाडौं महानगरले ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने

काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । पहिलो नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ हप्ताको एक दिन महानगरपालिका भित्रका सडकमा रहेका खाल्डाखुल्डी पुर्नका लागि प्रयोग गरिने छ ।

नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स सञ्चालन हुने छन् । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार