लालबाबुको प्रश्न – एक घण्टामा चितवन हेलिकप्टरमा झुन्डिएर पुग्ने हो ?

नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । बुुधबार प्रतिनिधि सभा संसदको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटले ठूला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न समेत गरे ।

उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्नका लागि बजेट गएको तर, पूर्वाधार भएको स्थानमा सञ्चालन खर्च मात्र दिए पनि मेडिकल कलेज चल्ने भए पनि त्यहाँ बेवास्ता गरिएको उनको भनाइ छ ।
छलफलमा बोल्दै पण्डितले काठमाडौंबाट चितवन १ घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकांक्षी योजना हो भन्दै प्रश्न गरे ।

“काठमाडौंबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ रु सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने रु के भन्न खोजेको कति छुट्याएको हो बजेट ?” उनको प्रश्न थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार