यी हुन् ओलीलाई विश्वासको मत नदिने एमाले सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थ १५ मत परेको थियो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपां ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ ।

एमालेका अनुपस्थित सांसदहरुः

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीम रावल

४. घनश्याम भुसाल

५. सुरेन्द्र पाण्डे

६. गोकर्ण विष्ट

७. योगेश भट्टराई

८. मुकुन्द न्यौपाने

९. सोमप्रसाद पाण्डे

१०. जीवनराम श्रेष्ठ

११. रामकुमारी झाँक्री

१२. गणेश पहाडी

१३. जयकुमार राई

१४. यज्ञराज सुनुवार

१५. नारायण खतिवडा

१६. पवित्रा निरौला खरेल

१७. भवानी खापुङ

१८. दीपकप्रकाश भट्ट

१९. विरोध खतिवडा

२०. पुष्पाकुमारी कर्ण

२१. झपट रावल

२२. मेटमणि चौधरी

२३. सरला यादव

२४. कृष्णलाल महर्जन

२५. कल्याणी खड्का

२६. निरादेवी जैरु

२७. कलिला खातुन

२८. लक्ष्मीकुमारी चौधरी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार