एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताएका हुन् । साथै उनले माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन थालेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

प्रचण्डले अरु संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएको बताए । ‘कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो छन् कि जस्तो जनतालाई परेको छ । जबकि हामी त्यस्ता होइनौं । हामी उन्नत विचारको पक्षपोषण गर्छौं’, प्रचण्डले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार