समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादी जुनसुकै बाटो लिन तयार छ : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टी दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताए ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको सैद्धान्तिक पाटोमा प्रकाश पारेका थिए । उनले पार्टीले अख्तियार गरेको शान्तिपूर्ण बाटोलाई लिएर भ्रम र अन्योल देखिएको बताए ।

उनले भने, ‘हामीले शान्तिपूर्ण बाटो भनेका छौं । अहिलेको शान्तिपूर्ण बाटोको मुख्य पक्ष शान्तिपूर्ण प्रतिस्पर्धा हो । तर, शान्तिपूर्ण प्रतिस्पर्धा भनेको शान्तिपूर्ण बाटोको सम्पूर्ण पक्ष होइन ।’

संसदीय अभ्यासमा आएपछि यो अलिअलि विकृति त भइहाल्छ नि भन्ने मान्यता नराख्न उनले जनप्रतिनिधिलाई आग्रह गरे । शान्तिपूर्ण प्रतिस्पर्धा र संसदबाद एउटै नभएको उनको भनाइ छ ।

‘हामी पूँजीवादलाई बलियो बनाउन यो प्रतिस्पर्धामा आएका होइनौं । हाम्रो शान्तिपूर्ण प्रतिस्पर्धा संसदबाद होइन । हामी पूँजीवजादको विरुद्ध छौं । जनप्रतिनिधिमूलक प्रणालीलाई संसदीय व्यवस्था भन्ने चिन्तन गलत छ,’ श्रेष्ठले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार