एमसीसी र संघीयता तत्काल खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले एमसीसी र संघीयता खारेज गर्नुपर्ने बताएकी छिन् । उनले एमसीसीबाट राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहत राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्ने बताएकी हुन् ।

प्रतिनिधिसभामा प्रस्तुत बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग वा ऋण लिनुपर्ने आवश्यकतालाई भने आफूहरूले स्वीकार गर्ने बताइन् ।

‘तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाभीमान, राष्ट्रिय अर्थतन्त्र र बृहत राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्दछ’, उनले भनिन्, ‘एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहत राष्ट्रिय हितमा गम्भीर आँच पुग्ने भएकाले हामी त्यसलाई खारेज गरेर जानुपर्ने आवश्यकतामा जोड दिन्छौं ।’
साथै उनले मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयता समेत खारेज गर्नुपर्ने धारणा राखिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार