सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा

सिटिजन्स बैंकले सिटिजन्स मोबाइल बैंकिङ्ग एपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा बैंकले मोबाइल बैंकिङ्ग एपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो ।

अब बैंकका ग्राहकले नेपालभर आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजार बढी एजेन्ट÷सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा बैंकले ल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार