बजेट जनता लोभ्याउने ललिपप मात्र हो : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनता लोभ्याउने ‘ललिपप’ मात्रै भएको बताएका छन् ।उनले बजेटले मुलुकलाई कुनै अग्रगतिमा नलैजाने भन्दै सत्तारुढ दलहरुले चुनावी खर्च जुटाउने कार्यक्रम बजेटमा राखेको समेत बताए ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट परम्परागत र कार्यान्वयन हुनै नसक्ने रहेको टिप्पणी गरेका हुन् ।

‘बजेटमा भएका राम्रा नाराहरु हेर्दा यो मान्छे भुल्याउने ललिपपजस्तो देखिन्छ । आर्थिक संकट रोक्नेतर्फ यो बजेट लक्षित छैन । यो निर्वाचन र कमिसन लक्षित बजेट हो’, लिङदेनले भने ।

हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगले ऋण लिन पाउने र टाट पल्टने अवस्थामा बिक्री वितरण गर्न पाउने व्यवस्थाले सोझै अनियमिततालाई प्रश्रय दिएको उनको भनाई छ ।

‘उद्योगका लागि हदबन्दी सुविधा दिएको जग्गाबाट ऋण लिन पाउने र टाट पल्टियो भने बेच्न पाउने व्यवस्था किन राखियो रु त्यस्ता उद्योगहरुसँग डिल भइरहेको प्रष्ट देखिन्छ’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार