निर्माणाधीन सडकमा पहिरो खस्दा २ मजदुर पुरिए

संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा दुई जना पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको प्रहरीले बताएको छ ।

सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार