सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ लाख नाघ्यो

नेपालमा ९३ हजार १४१ सक्रिय संक्रमित

नेपालमा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ६२३ पीसीआर र ८ ७८८ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ३ हजार ७२० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ हजार ७ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ९३ हजार १४१ सक्रिय संक्रमित रहेका छन् भने ४२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २६ लाख ५२ हजार १३० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार