भरूवा  बन्दुकसहित २ जना पक्राउ

बैतडीको डिलासैनी गाउँपालिका–४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका ४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको हो । वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार