नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन नियुक्त

नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओमा नियुक्त गरेको हो ।
कम्पनीले महर्जनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

महर्जनले आजैदेखि कार्यभार सम्हाल्ने कम्पनीका कम्पनी सचीव चन्द्रनाथ उप्रेतीले जानकारी दिए । क
यस अघि महर्जन पु्रडेन्सियल इन्स्योरेन्सको सीईओ थिए । महर्जनले कार्यकाल सकिन दुई महिना बाँकी छँदा नै असोज महिनामा आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए ।

प्रुडेन्सियल इन्स्योरेन्सले राजीनामा स्वीकृत गरेको २ दिनपछि नै उनी नेपाल इन्स्योरेन्स भित्रिएका थिए ।

नेपाल इन्स्योरेन्सको कात्तिक ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले महर्जनलाई कात्तिक ७ गते आईतबारदेखि लागू हुने गरि कामु सीईओको जिम्मेवारी दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार