काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको बताएका छन् । सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति समेत जनाए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका हुन्।
‘वृद्धभत्ता ६८ वर्ष झार्यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’