भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौँ फर्कियो

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरीएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार