घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटेको छ। सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०– १० रुपैयाँका दरले पूर्वाधार कर घटाएको हो। कर घटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाईएको र अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय मन्त्रालयले गर्ने बताइएको छ ।

अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। सरकार अहिले ११७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा कर उठाएर जनतालाई १८० रुपैयाँमा बेच्दै आएको छ ।

त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।

पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ। यसअघि वाणिज्य बैंकहरूमा रहेको संस्थाको निक्षेप र आफ्नो कोषको रकम समेत सकिएको छ।

निगमले पेट्रोलियम पदार्थको घाटा थेग्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफ्नो तर्फबाट पेट्रोलियम खपत घटाउने विभिन्न उपाय प्रस्ताव गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार