यो वर्षको मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान

यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान छ ।

पूर्वी नेपालबाट मनसुन भित्रिएर पश्चिम नेपालबाट बाहिरिने गर्दछ । नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ तारिख हो ।अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा नेपालका अधिकांश भागमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ ।

सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भए पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार