केकेको मृत्यु असामान्य, अनुहार र टाउकोमा चोट भेटियो

भारतका चर्चित गायक केके (कृष्ण कुमारा कुन्नथ) को मंगलबार निधन भएको छ ।  कोलकातामा एक लाइभ शो पछि  उनको स्वास्थ्य अचानक बिग्रियो र उनलाई तुरुन्त अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो ।

डाक्टरले यसलाई कार्डियक अरेस्टका कारण भएको निधन बताइरहेका छन् । यद्यपि, मृत्युको वास्तविक कारणको खुलासा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुने पनि बताइएको छ ।

यता प्रहरीले यो मामिलामा असामान्य मृत्युको मुद्दा दर्ता गरेको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले केकेको अनुहार र टाउकोमा चोट देखिएको बताएको छ । होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग प्रहरीले लगातार सोधपुछसमेत गरिरहेको छ ।

यसैबीच केकेको परिवार बुधबार बिहान कोलकाता पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार