रोजगार मेला आयोजना गर्ने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।

मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना गर्ने निश्चित भएको उनले बताए। मेलाको मिति भने तोकिएको छैन।

मेलाले २०० भन्दा बढी बेरोजगार युवालाई रोजगारी दिन सक्ने र कम्तीमा एक हजार जनाले मेलाको अवलोकन गर्ने अपेक्षा छ। मेलाबाट व्यावसायिक तालिम लिन चाहने विद्यार्थीलाई पर्याप्त जानकारी दिने समेत प्रदेश सरकारको लक्ष्य छ। प्रदेश सरकारले ल्याएको श्रम नीतिमा टेकेर असंगठित मजदुरहरूलाई संगठित गर्ने र राज्यको दायरामा ल्याउने तथा उनीहरूको समस्याको पहिचान गरी सिप अनुसारको काम मिलाउने उद्देश्य रहेको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार