संसदमा आज पनि बजेटमाथिको सैद्धान्तिक छलफल हुने

संघीय संसदका दुवै सदनमा बुधबार पनि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अर्थमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची पनिछ। राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार