कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ । यस्तै सोमबार कोरोनाका थप ९ हजार २७१ जना संक्रमित थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार