कोरोनाका कारण दुई वर्षदेखि रोकिएको यार्सा संकलन खुला

रुकुम (पूर्व) रुकुमपूर्वमा कोरोना भाइरसका कारणले दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन यस वर्ष प्रवेशमा निःशुल्क गरी खुला गरिएको छ।कोरोना संक्रमण नभएका विगत वर्षमा यार्सागुम्बा संकलनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क लाग्ने गरेको थियो। कोरोनाका कारण दुई वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो। यस वर्ष कोरोना संक्रमणको दर कम भएपछि यार्सागुम्बा संकलन खुला गरिएको हो।

रोकिएको यार्सा संकलन व्यवस्थापनका तयारी गर्ने समयमा स्थानीय चुनाव लागेपछि संकलनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको स्थानीयहरुको भनाइ छ ।

यसभन्दा पहिले समितिले यार्सा संकलन गर्ने व्यक्ति र व्यापारीलाई छुट्टाछुट्टै शुल्क तोक्ने गरेको थियो। त्यसबेला समितिले प्रति व्यक्ति २ हजार देखि ५ हजार रुपैयाँ सम्मको प्रवेश शुल्क लिने गरेको थियो।

यस वर्ष वैशाख ३० गते स्थानीय तहको चुनाव भएकाले यार्सा संकलनमा जिल्ला र जिल्ला बाहिरका मान्छे विगतका तुलनामा संख्या कम रहेको स्थानीयहरुले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार