छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदर ८.७ प्रतिशत

छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२१/२२ मा ८. ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कोरोना महामारीबाट तंग्रिदै गर्दा भारतले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको हो ।

एनएसओले पछिल्लो पटकको समीक्षामा ८।९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । भारतीय रिजर्भ बैंकले सुरुमा ९.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । आगामी आर्थिक वर्ष २०२२/२३ का लागि भारतीय रिजर्भ बैंकले ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । भारतले प्रत्येक तीन–तीन महिना ९त्रैमासिक०मा आर्थिक वृद्धिदर सार्वजनिक गर्दै आएको छ । सार्वजनिक तथ्यांकअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन पछिल्लो जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा ४.१ प्रतिशतले बढेको छ । जुन वर्षको अरु त्रैमासको तुलनामा सबैभन्दा न्यून हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार