संसदीय समिति सदस्य हेरफेर, ओली र माधव एउटै समितिमा

प्रतिनिधि सभा अन्तरगतका संसदीय समितिहरुमा सदस्य हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले सदस्यहरु हेरफेर गरेको जानकारी गराएका थिए ।

जसअनुसार नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै संसदीय समिति सदस्य भएका छन् ।

एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सोही समितिमा यसअघि पहिलेदेखि नै नेकपा एसका अध्यक्ष नेपाल सदस्य रहेका छन् । अब हुने अन्र्तराष्ट्रिय समितिको बैठकमा सहभागिता जनाउँदा दुई अध्यक्ष एउटै बैठकमा सँगै हुनेछन् ।

यसअघि आफ्नो दलले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो । अध्यक्ष ओलीले २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनैपनि संसदीय समितिको सदस्य रहेका थिएनन् । यद्यपी उनी सबै संसदीय समितिको पदेन सदस्य भने रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार