मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको क्यूआर कोड सेवा

 

प्रभु बैंकले नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा भेटी दान गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । मंगलबारका मुस्ताङस्थित मुक्तिनाथ मन्दिर परिसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालय प्रमुख डा. रामशरण खरेलले क्यूआर भुक्तानी प्रणालीको समुद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्र बैङ्क पोखरा कार्यालयका प्रमुख डा.खरेलले प्रभु बैङ्क र फोन पेको संयुक्त पहलमा मुस्ताङस्थित मुक्तिनाथ मन्दिर परिसरमा हुने भेटी दानको लागि नगदै बोक्नु पर्ने झन्झट हटेको बताए ।

यस्तै कार्यक्रममा प्रभु बैङ्कका गण्डकी प्रदेश प्रमुख राजु रानाले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूलाई समय सापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार