न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।

वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्ति १५ लाखको दरले ३० लाख ठगेको आरोप लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार