उद्यमशिलता विकास कार्यक्रमका सहभागीलाई कामना सेवा विकास बैंकले प्रमाणपत्र प्रदान गरेको छ । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउनु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् ।
फेसबुकबाट प्रतिक्रिया