जनता संघीय निर्वाचनमा पनि काँग्रेसलाई जिताउन आतुर छन् : प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संघीय निर्वाचनमा पनि जनता नेपाली काँग्रेसलाई जिताउन आतुर भएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले गत स्थानीय निर्वाचनको मत परिणामले प्रस्ट रुपमा देखाएको बताएको बताएका हुन् ।

नेता पौडेलले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका हुन् । जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नउनले सुझाव दिए ।

‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार