तिलोत्तामा १ को कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । उनीहरूले अत्यावश्यक कामसमेत नभएको भन्दै मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर ताला लगाएको सेवाग्राहीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार