साउदीबाट स्वदेश फर्किन नपाएकाहरुले पाए एक्जिट भिसा

साउदीमा रहेको नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति पाएका छन् । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।

समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिया गरेको मध्येमा ११८ जनाले एक्जिट भिसा पाएका छन् ।

दूतावासले एक्जिट भिसा पाएकाहरूको नाम सार्वजनिक गर्दै दूतावासमा आएर आफ्नो भिसाको कपी लैजान अनुरोध गरेको छ । दूतावासले अन्यको पनि प्रक्रिया गरेको र एक्जिट भिसा प्राप्त भएकाहरूको विवरण दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार