विश्वकप क्रिकेट लिग टु : स्कटल्यान्डमा हुने सिरिजको खेल तालिका सार्वजनिक

नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ। स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।सिरिज आगामी जुलाईमा हुनेछ।

पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ। त्यस्तै नेपालले नामिबियाविरुद्ध १६ जुलाईमा प्रतिस्पर्धा गर्दा अन्तिम खेलका रूपमा १७ जुलाईमा स्कटल्याण्डविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दै छ। लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।

नेपालले अहिलेसम्म १२ खेल खेलेको छ। जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार