भट्टराईको प्रश्न-स्वयंसेवकका रुपमा ‘राता मण्डले र सेता मण्डले’ राख्ने हो ?

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्येक गाउँपालिकामा ३ सय स्वयंसेवक राख्ने सरकारको बजेट व्यवस्थालाई ‘राता मण्डले र सेता मण्डले’ जस्तै हो कि होइन भनेर जवाफ मागेका छन् ।प्रतिनिधि सभामा मंगलबार सुरु भएको बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले प्रत्येक गाउँपालिकामा ३ सय स्वयंसेवक राख्ने कुरा स्वागतयोग्य भएपनि त्यसको उद्देश्यबारे प्रस्ट नभएको बताए ।

‘स्वयंसेवक राख्ने कुरा स्वागतयोग्य हो तर यसले के गर्छ ? बाटो बनाउँछन्, स्कुल बनाउँछन् ? सरसफाई गर्छन्, जनचेतना जाग्ने काम गर्छन् ? अथवा यी राता मण्डले हुन् वा सेता मण्डले हुन् ?’, भट्टराईले प्रश्न गर्दै भने, ‘राज्यको पैसा दोहन गर्ने, राज्यको ठेक्कापट्टा कब्जा गर्ने ? खोला नाला र जंगल कव्जा गर्ने अनि विरोधी विचार राख्नेहरुमाथि जाइलाग्ने हो ?’

भट्टराईले यस्ता राता मण्डले र सेता मण्डले बनाउन स्वयंसेवक राख्ने हो भने किमार्थ मान्न नसक्ने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार