हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच हुने मर्जर प्रक्रियामा स्वाप रेसियो तय गरिएको छ । मर्जर प्रयोजनका लागि गरिएको डीडीआर अनुसार १००ः८५ रुपैयाँको स्वाप तय गरिएको हो। यी कम्पनीहरुले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्ने सहमति गर्दै उक्त स्वाप रेसियोमा मर्जर सम्पन्न गर्ने भएका हुन् । मर्जरका लागि तय गरिएको स्वाप रेसियो अनुसार एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर हिमालयन इन्स्योरेन्सको ८५ कित्ता हुनेछ ।
यस्तै स्वाप रेसियो पछि चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।तर स्वाप रेसियोका कारण हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर पूँजी भने ९९ करोड ७४ लाख रुपैयाँमा सिमित हुने भएको छ । हाल एभरेष्टको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ छ । स्वाप रेसियोबाट बाँकी रहेको १७ करोड ६० लाख रुपैयाँ जगेडा कोषमा जानेछ । यो रकमलाई नगद लाभांशको रुपमा वितरण गर्न पाइदैन । त्यसैले यस रकमबाट कम्पनीले बोनस शेयर वितरण गर्न सक्ने छ ।